योनी भन्दा स्तनबाट बढी यौन आनन्द

स्तनको टुप्पोका कारण योनी र लिंग मिलन कम : अध्ययन
  महिला र पुरुषको शरीरमा रहेका संवेदनशिल अंग मध्ये यौन आनन्द दिने पुरुषको लिंग भए जस्तै महिलाको योनी हुनुपर्ने हो । तर महिलाहरुले योनीबाट भन्दा स्तनबाट बढी यौन आनन्द लिने एक सर्वेक्षणले देखाएको छ । अमेरीकामा करिब सय महिलाहरुमा गरिएको सर्वेक्षणले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन ।
तर स्तनको स्पर्शले महिलाहरुमा बढी यौन आनन्द प्राप्त हुने हालैको अध्ययनले देखाएको छ । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो योनी भन्दा बढी यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्दा स्तनको बढी हुने निष्कर्ष निकालेका हुन् ।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गरेपनि स्तनको बढी हुने उनीहरुले दाबी गरेका छन् । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।

यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ।    एजेन्सी

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar