निखिलको एक्शन ‘ईन्काउन्टर अफिसर’मा

काठमाण्डौ। लामो समयपछि चलचित्र भैरबमार्फत नेपाली चलचित्रमा कमव्याक गरेका एक्शनस्टार निखिल उप्रेती चलचित्र ‘ईन्काउन्टर अफिसर’ मा देखिने भएका छन् ।

शनिबार कोटेश्वर स्थित महादेबस्थान मन्दिरमा चलचित्र ‘ईन्काउन्टर अफिसर’को शुभ मुर्हत गरि चलचित्रको छायांकन सुरु गरिएको छ । प्रहरी निरिक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर चलचित्रको शुभमुर्हत गरेका थिए । यस अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलको निर्देशनमा निर्माण गरिने चलचित्रलाई हर्क देउवाले लगानी गर्ने भएका हुन् ।
प्रतिक श्रेष्ठ सह(निर्माता रहने फिल्मालाई सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण गर्ने लागिएको हो । कुशल ब्यापारी र युबा नेताको छबि बनाएका देउवाले फिल्म देशको बर्तमान अबस्थामा केन्द्रित रहने बताउदै चलचित्र उद्योगलाई सरकारले समेत बेवास्था गरेको प्ररिप्रेक्ष्यमा कर्पोरेट र पोल्टिसियनको समेत सहभागिता आबश्यक रहेकाले नै चलचित्र निर्माणमा प्रबेश गरेको बताए ।
nikhil upreti
त्यसैगरी निर्देशक भुर्तेलले चलचित्रले अहिले देशमा रहेको जटिल परिस्थितिलाई समेत मुख्य मुद्दाका रुपमा उठान गरेको बताए । यस चलचित्रमा निखिल उप्रेती सहित दिल कृष्ण श्रेष्ठ,प्रज्वल गिरी, प्रतिक श्रेष्ठ, डिबी लामा लगायतका कलाकारको अभिनय रहनेछ भने केहि कलाकारको छनौट हुन बाँकी रहेको निर्माण पक्षले मुर्हत समारोहमा जानकारी गराएको छ । चलचित्रलाई शिबम् अधिकारीको कथा, हिमाल केसीको दन्द निर्देशन, अर्जुन पोख्रेल र केशर कुमार कालिकोटेको संगीत र दिनेश पाख्रिनको नृत्य निर्देशन गर्नेछन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar