उपेन्द्र यादवलार्इ दिपकराज गिरीको चिठी
हुनत तपार्इं म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ । तर तपार्इंको भनार्इमा तपार्इं कहाँ चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपार्इंकै होइन रु
केहि अबुझहरूलार्इ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मन्त्री हुँदा हाम्ले मधेसको परराष्ट्र मन्त्रिको हिसाबले बुझेनौं ।रामवरणजी, परमान्नद जी लार्इ राष्ट्रपतिकै हिसाबमा झुकेर सलाम गर्यौ, मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउँदा कहिले मधेसी आको होइन आफन्त नै आको व्यवहार प्रस्तुत गर्ने गर्छौ । तपार्इंका कतिपय आन्दोलन हॉक्नेहरूले पहाडीया केटी बिहे गर्नु भएको छ, सोध्नुस् उहॉहरूलार्इ काठमान्डौले उहॉहरूलार्इ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ रु
अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७, ८ जिल्ला नै परेको अवस्थामा तपार्इंलाइ यो ८ जिल्ला कछाड लाग्यो रु
हामि पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ । सबै मधेसीलार्इ एउटै मधेस, सबै पहाडियालार्इ एउटै पहाड चाहिएको थियो भने संघीयतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल ९सिरक र डस्ना० नै थियो नि । आफ्नो पबवत्र भूमि जहॉ जानकी मन्दिर पनि पर्छ त्यसलाई कछाड र लगौटी जस्ता तुच्छ वस्त्रसंग तुलना नगर्नुस् ।
राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिँडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखेँ ।
दाउरामा पकाको अधकल्चो भात खाएर हिँडेका, बसको छतमा झुन्डिँदा झुन्डिँदा थकित जनतालार्इ देख्दा जे महसुस भो त्यो विचारलाइ यहाँ पोखेँ । यस्तो अवस्थालार्इ देख्दा थाम्न सकिएन र लेख्न बाध्य भएँ ।
के संविधान यी दुःख पाउने जनताले लेखेका हुन् रु तपार्इंहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरू नै भाको हो । असफल हुने तपार्इंहरू सजायँ पाउने जनता रु यो कस्तो बिडम्बना हो रु त्यलैले एक चोटी विचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू ।
जय मधेस, पहाड, हिमाल ।
जय नेपाल १
-EtajaKhabar

0 comments
Any Comments?