नेपालमा नाकाबन्दी गरेको भन्दै राष्ट्रसंघले भारतलाई कार्वाही गर्ने संकेत


१४ कात्तिक(
संयुक्त राष्ट्रसंघले नेपालमा अघोषित नाकाबन्दी गर्दै आएको भारतलाई कार्वाही हुनसक्ने संकेत गरेको छ ।
सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग राख्दै आएको भारतलाई राष्ट्रसंघले उक्त सदस्यता नदिएर कार्वाहीको संकेत गरेको हो ।
नेपालको पारवाहन र मानवीय अधिकारको हनन् गरेबापत् भारतलाई सुरक्षा परिषद्का् सदस्य नदिइन सक्ने राष्ट्रसंघको भनाई छ ।
संयुक्त राष्ट्रसंघले भारतले नाकाबन्दी गर्दै आएदेखि नै नेपालबारे चासो दिन थालेको थियो ।
तर भारतलाई यो कार्वाही हुनका लागि नेपालले औपचारिक रुपमा राष्ट्रसंघलाई आफ्नो देशमा नाकाबन्दी गरेको भनेर जानकारी गराउनुपर्नेछ ।
राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने बताएका छन् ।
भारतले नाकाबन्दी गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आफूलाई परेको समस्याबारे खुलेर भन्न सकिरहेको छैन ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar