अवैध हतियार बनाउने दुईजना पक्राउ
उक्त अवैध तथा घरेलु हातहतियार जङ्गली जनावरको सिकारमा प्रयोग हुने गरेको
हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको न्यून उपस्थितिको मौका छोपी हतियार
बनाएर जङ्गलमा सिकार खेल्ने गरिएको प्रहरीको भनाइ छ ।खुकुरी, तामाका
गाग्री, ताउला, फलामका हँसिया, कुटो, कोदाली र घरायसी प्रयोजनमा प्रयोग
हुने धातुजन्य वस्तु नयाँ निर्माण तथा मर्मतका लागि आरन भनिए पनि
कारखानाबाटै तीन नाल भरुवा बन्दुक र ओमबहादुर सुनारको घरबाट एक थान भरुवा
बन्दुक फेला परेको थियो ।
घरेलु पेस्तोल तथा अन्य हतियारसमेत बन्न सक्ने भएकाले स्थानीय र
अभियुक्तबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हातहतियार तथा खरखजाना
ऐनअन्तर्गत मुद्दा दर्ता भएको हुँदा उनीहरुलाई सोहीअनुसार कारबाही हुने
बताइएको छ । रासस

0 comments
Any Comments?