धर्म र सम्प्रदायबीच मेलमिलाप र भाइचारामा वृद्धि गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘धार्मिक सहिष्णुता, सामाजिक
एकता र परस्परमा दिगो सम्बन्ध नेपालको परम्परादेखिको मौलिक संस्कृति हो,
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय जनताको साझा थलो हो, विभिन्न
जातजाति र समुदायले मनाउने पर्वका आआफ्ना मौलिक विशेषता छ र सबै पर्व
हाम्रा अमूल्य सांस्कृतिक पहिचान र गहना हुन्, विभिन्न समुदाय र जातजातिको
पर्व नै नेपालीको समुच्च साँस्कृतिक पहिचान हो ।
नदी किनारमा बसेर सूर्याेपासना गर्ने, शरीर शुद्ध गर्ने, नयाँ अन्नद्वारा
बनाइएका चोखो र मीठो परिकार खाने संस्कृतिका रुपमा मुख्य रुपमा तराई–मधेसमा
मनाइने छठ पर्व पहाडमा पनि विस्तार भएको तथा एउटा समुदायले मनाउने
परम्परालाई अर्काे समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो
साँस्कृतिक विकासले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र
भाइचारामा वृद्धि गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

0 comments
Any Comments?