जेनेभाको मानवधिकार उच्चायोग अगाडि नेपालको संविधान जलाउने यी को हुन् ?


जेनेभा – सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जिनेभामा नेपालको संविधान जलाएका छन् । जिनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका यादवले मानवधिकार उच्चायोगको मुख्यालय अगाडि उभिएर आफ्नै देशको संविधान जलाएका हुन् ।




सम्मेलनमा उनले मधेशमा सरकारको तर्फबाट आन्दोलनकारीहरू माथि दमन भईरहेको प्रतिवेदन समेत पेश गरेको छ। नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाई अन्तराष्ट्रीयकरण गरिनु पर्ने माग उठिरहेका वेला मधेशी नेताले नेपाल सरकारकै खिलाफमा आफ्नो मुद्दा अन्तर्राष्ट्रियकरण गर्न जिनेभा पुगेका छन् ।

नेपाल सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलन माथि दमन गरेको र आफ्नो मुद्दालाई नयां संविधानमा नसमेटिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना एक पदाधिकारी पार्टीका सहमहासचिवलाई जिनेभा पठाएका हुन् ।



जनकपुरमा गत साता भएको मधेशी मोर्चाको बैठकमा सहभागी देवेन्द्र यादवलाई बैठक नसकिंदै जिनेभा उड्न लगाएका थिए। यही आईतवार दोहाको कतार हुंदै जिनेभा पुगेका देवेन्द्र यादवले थर्ड एलायन्सका दीपेन्द्र झासंगै जिनेभामा मधेशमा भएको मानवाधिकार उल्लंघनको भिडियो र राष्ट्रिय मानवाधिकार आयोग, एमनेष्टी इंटरनेशनल तथा ह्यूमन राईट वाच डगको प्रतिवेदन सहित पुगेका छन्।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar