रौतहटमा तरवार जुलुस

बिहीबार १९ कार्तिक, २०७२
रौतहटमा तरवार जुलुस
काठमाडौं- मधेस आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटमा विभिन्न समुदायले तरवार जुलुस प्रदर्शन गरेका छन्। नेपालको संविधान २०७२ मा मधेसीको हक अधिकार समेटिनुपर्ने माग गर्दै महिनौदेखि जारी मधेस आन्दोलनको समर्थनमा रौतहटको सदरमुकाम गौरमा राजपुत, कलवार, मारवाडी र साधु सन्याशीहरुले जुलुश प्रर्दशन गरेका हुन्।

सीमांकन, नागरिकता तथा मधेस आन्दोलनको क्रममा विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै झण्डै पौने ३ महिनादेखि जारी आन्दोलनप्रति सरकार गम्भीर नरहेको तथा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनविरुद्ध नाराबाजी गरिएको सद्‍भावना पार्टी, युवा मञ्चका केन्द्रीय अध्यक्ष शम्भु सिंह सुप्रीमले बताए। 'विगत ८२ दिनदेखि तराई मधेसमा आन्दोलन जारी रहँदा पनि सरकारले मधेसका जायज मागप्रति वास्ता गरेको छैन,' सुप्रिमले भने, 'हामीहरुको माग तत्काल समबोधन गराउन सरकारलाई खबरदारीस्वरुप हातमा तरवार लिएर प्रदर्शन गर्नुपरेको हो।'

गौरको बीपी चोकबाट राजपूत समाज, मारबाडी समाज, कलवार समाज र साधु सन्यासीहरुले निकालेको जुलुसमा हजारौको सहभागिता थियो। उनीहरुले मधेसमा जारी आन्दोलनप्रति एक्यबद्धता जनाउँदै विभिन्न बाजागाजासहित नगरपारिक्रमा गर्दै प्रदर्शनमा उत्रेका हुन्। बाँसको भाटा, तरवार, खुकुरी हातमा लिएर प्रर्दशन गरेका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar