चीनको झण्डा जलाएको आरोपमा मधेसी मोर्चाका तीन नेता पक्राउ

१५ कात्तिक, काठमाडौं । चीनको झण्डा लगाएको आरोपमा प्रहरीले मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ छन् । वीरगञ्ज(रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेर घर फर्कने क्रममा उनीहरुलाई प्रहरीले शंकराचार्य प्रवेशद्वारवाट पक्राउ गरेको हो ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले तीन जना पक्राउ परेको पुष्टि गरे । उनले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए ।

चीनले नेपालमा इन्धन दिएपछि मधेस विरोधी भएको भन्दै मधेसी मोर्चाका नेताहरुले कात्तिक १२ गते वीरगञ्जको घण्टाघर चोकमा चीनको झण्डा जलाएका थिए ।

चिनियाँ झन्डा जलाइएको घटनालाई  भारतीय संचारमाध्यमले यसरी प्रस्तुत गरेका थिए ।
-onlinekhabar

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar