एन्फा अध्यक्ष गणेश थापालाई फिफाले लगायो १० वर्षे प्रतिबन्ध
३० कात्तिक, काठमाडौं । फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको छ ।
थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर छ । उसले थापालाई २१ लाख जरिवाना समेत तोकेको छ ।
दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा सांसद समेत हुन् । राप्रपा नेपालको कोटाबाट सांसद भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ समेत हुन् ।
थापाले सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवाररिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको छ ।
थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । नेपालमा संसदको लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गरेपछि उनलाई फिफाले १२० दिन निलम्बन गरेको थियो ।
थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसदमा मनोनित भए ।
उनी गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिबन्ध लगाएको छ ।
1 comments
Any Comments?

June 19, 2020 at 10:05 PM
gta 5 apkIn 75 World Cup matches, they have won 46 matches, lost 27, tied 1 and one match ended in no result. They haven't lost a World Cup match against their arch-rivals Pakistan.