सत्तारुढ दलको निर्णयले मधेशी मोर्चामा भूइँचालो
मोर्चाले आइतबारको वार्तामा सहमति नभए अब वार्ता नगर्ने गरी आन्दोलन
चर्काउने यसअघि नै बताइसकेको छ ।संयन्त्रको बैठकले संघीय सीमांकनका विषयमा
कुनै निर्णय नगरेपछि मोर्चामा आवद्ध दलहरुले भावी योजना र वार्ताका विषयमा
छलफल गर्न अहिले आन्तरिक छलफल गरिरहेका छन् । हाल कायम गरिएका संघीय
सीमांकन हेरफेर नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएको मोर्चा र
सरकारसँगको आइतबारको वार्ता विना निष्कर्ष टुंगिने निश्चित प्रायः छ ।
आइतबार संघीयताको विषयमा सरकारले ठोष प्रस्ताव ल्याउने अपेक्षा गरेको
मोर्चाले संयन्त्रको बिहानको बैठकले त्यस्तो निर्णय गर्न नसकेपछि मधेशवादी
दलहरु अलमलमा मात्रै परेनन् अब कसरी अघि बढ्ने भन्ने निर्णय तत्कालै
गर्नुपर्ने बहसमा पुगेका छन् ।मोर्चाले मेचीदेखि महाकालीसम्म पहाड नजोडिएका
२ प्रदेशको आफ्नो मागलाई बटमलाईन बनाएको छ ।सरकारले भने सीमांकन बाहेक
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यका हरेक निकायमा समानुपातिक
समावेशी प्रतिनिधित्व लगायत मागमा आइतबार सहमति हुने बताएको छ ।

0 comments
Any Comments?