भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

भारतीय विदेशमन्त्री शुष्मा स्वराज
१६ कात्तिक, काठमाडौं । भारतले सोमबार वीरगञ्जमा प्रहरीसँग भएको झडपमा मारिएका आफ्ना नागरिक ‘निर्दोष’ रहेको दावी गरेको छ ।


सोमबार दिउँसो वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको थियो । प्रहरीसँग भएको झडपमा उनी मारिएका हुन् ।

तर, भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो निर्दोष नागरिकको ज्यान गएको बताएको छ ।

साथै नेपालको समस्या राजनीतिक प्रकृतिको भन्दै बल प्रयोग नगर्न घुमाउरो चेतावनी समेत दिएको छ । ‘वीरगञ्जमा आज भएको गोलप्रहारको घटनाबाट हामी गहिरो चिन्तामा छौं’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ(‘मुठभेडको अवस्था आउनुका कारणहरुलाई नेपालको सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्वोधन गर्नुपर्छ ।’

परिस्थितिलाई भारतले सावधानीपूर्वक नियालिरहेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्ति आउनु अघि भारतीय राजदूत रणजीत रायले भारतको असन्तुष्टि व्यक्त गरिसकेका थिए ।

केही सम्पादकहरुसँगको छलफलमा भारतीय राजदूत रणजीत रायले पनि घटनाप्रति आश्चर्य जनाएका छन् । राजदूतले रायले भने(‘हिजोसम्म राम्रो वातावरण बनेको थियो । विहानै यस्तो घटना किन घट्यो दुःख लागेको छ ।’

नाकाबन्दी कडा हुने संकेत

भारतले सोमबारको घटनापछि नाकाबन्दी कडा हुन संकेत समेत गरेको छ । सीमा क्षेत्रमा भएको खराब अवस्थाबारे भारतीय ढुवानी व्यवसायीहरुले आवाज उठाएको भन्दै भारतीय विदेश मन्त्रालयले उनीहरुलाई आफूलाई जोखिममा नपार्न तथा सावधानी अपनाउन सल्लाह दिइएको बताएको छ ।

नेपालमा घोषणा भएको संविधानलाई लिएर असन्तुष्ट बनेको भारतले डेढ महिनादेखि अघोषित नाकाबन्दी गर्दै आएको छ ।
-Onlinekhabar

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar