
मोरङ, कार्तिक ३० । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।
इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।
हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं
ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका
हुन् ।
नेपालमै पहिलोपटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई
मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले
बताए । उनले भने–‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’
विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ ।
‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा
प्रयोगमा ल्याउन सकिन्छ’–मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा.
सुभास पोखरेलले भने । रासस
बनाए विद्यार्थीले हावाबाट चल्ने रिक्सा
Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar

0 comments
Any Comments?