आइएसका १ सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण गरी ध्वस्त

काठमाडौं, मंसिर १ । अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट आइएसका १ सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण गरी ध्वस्त गरेको छ ।पूर्वी सिरियामा रहेका आईएसका तेल ट्यांकरलाई लक्षित गरेर अमेरिकी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो ।आइएसको नियन्त्रणमा रहेको अल्बु कमाल शहरमा भएको हवाई आक्रमणमा तेल ट्यांकरलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सबै ट्यांकर एउटै हवाई आक्रमणको निशाना बनेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । तेल लोड गरेर हिँड्न लागेका ट्यांकर हवाई आक्रमणको निशाना बनेको गठबन्धन सेनाले जनाएको छ ।तेलको कालोबजारी आइएसको आम्दानीको मुख्य स्रोत मानिँदै आएको छ । आइएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रको तेल उद्योगबाट हरेक वर्ष ५० करोड अमेरिकी डलर लिने गरेको अनुमान छ । (एजेन्सी)

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar