बेलहिया नाकाबाट पहिलो पटक २६ बुलेट ग्यास तथा दर्जनौँ मालवाहक सवारी भित्रिए
रुपन्देही, मंसिर १ । करिब २ महिनादेखि अवरुद्ध रहँदै आएको रुपन्देहीको बेलहिया नाकाबाट मालवाहक सवारीहरु भित्रिन थालेका छन् ।
सोमबार मध्यराती मात्रै सोही नाकाबाट खाना पकाउने एलपी ग्यासका २६ वटा बुलेट र डिजेलको एउटा ट्याङकर भित्रिएका छन् ।
भारतको अघोषित नाकाबन्दीपछि बेलहिया नाकाबाट पहिलो पटक सबै भन्दा धेरै एलपी ग्यास भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
सोही नाकाबाट २ दर्जन भन्दा बढी मालवाहाक सवारी समेत भित्रिएका छन् ।

0 comments
Any Comments?