खनालले राजदूत रायलाई भने- अवरोध छिटो खुलाउनुस्
१९ कात्तिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा आपूर्ति व्यवस्था सहज बनाउन भारतलाई आग्रह गरेका छन् । नेपालका लागि भारतीय राजदूत रन्जित रायसँग बिहीबार भएको भेटमा खनालले सीमानाकामा भैरहेको अवरोध हटाउन आग्रह गरे ।
खनाल निवास डल्लुमा विहान भएको शिष्टाचार भेटमा राजदुत रायले परिस्थिति सकारात्मक भइरहेको र चाँडै अवरोध अन्त्य हुने बताए । त्यसरी नै राजनैतिक समस्यालाई राजनैतिक ढंगले नै समाधान गर्नुपर्नेमा उनले जोड दिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

0 comments
Any Comments?