वीरगन्ज, कार्तिक १९ । वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कफ्र्यू खुकुलो बनाउँदै लगेको छ ।
गत सोमबारबाट लगाएको कर्फ्यु प्रशासनले बुधबार दिनभर हटाएर साँझ ७ बजेपछि
लगाएको थियो । यस्तै बिहीबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि प्रशासनले
पुन कर्फ्यु हटाएको छ ।
सर्वसाधारणलाई उपभोग्य सामाग्री किनमेलका लागि र दैनिक जीवन सहज पार्ने उद्देश्यले कर्फ्यु हटाइएको पर्सा प्रशासनले जनाएको छ ।
कर्फ्यु हटेसँगै वीरगन्जका चोकहरुमा सर्वसाधारणको चहलपहल शुरु भएको छ ।
पर्सा प्रशासनले वीरगञ्जको मितेरी पुलदेखि उत्तरतर्फ पर्साको सीमासम्मको
मुख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेमाई सडकखण्ड र वीरगन्ज
बजारमा कर्फ्यु लगाएको थियो ।
मोर्चाका कार्यकर्ताले बीरगन्ज–रक्सौल नाका अन्तर्गत दशगग्जा क्षेत्रको
मितेरी पूलमा आज पनि धर्ना दिईरहेका छन् । बीरगन्जमा बाक्लो संख्यामा
सुरक्षाकर्मी खटाइएको छ ।
यसैबीच प्रहरीले बुधबार राती स्कर्टिङ गरेर वीरगन्जको सुख्खा बन्दरगाहमा
थन्किएका १ सय ५६ वटा मालबाहक ट्रकलाई देशका बिभिन्न ठाउँमा पठाएको छ ।
पठाइएका सामानहरुमा कागज, मल र व्यावसायिक प्रयोजनका सामान रहेका छन् ।
वीरगन्जमा कर्फ्यु खुकुलो, रोकिएका १ सय ५६ वटा ट्रकलाई पठाइयो
Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar

0 comments
Any Comments?