मधेसी मोर्चाका नेताले भने-सरकारसँग तत्काल वार्ता हुँदैन

१९ कात्तिक, भक्तपुर । मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकासँग तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् । सरकारले बारम्बार झुक्याएको उनको आरोप छ ।
रफत सञ्चार क्लबले बिहबिार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मोर्चाको वार्ता टोली सदस्य कर्णले सरकारले एकातर्फ वार्ता गर्ने र अर्कोतर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएको आरोप लगाए ।
मधेसको आन्दोलनका नाममा सरकारले बारम्बार नेपालीसँग झुट बोलेको उनको आरोप छ । मधेसमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख दिने घोषणा समेत झुटको खेती भएको भन्दै उनले यस्तो झुटले सरकारको आयु लामो नहुने बताए ।
सद्भावना नेता कर्णले मधेसका जायज मागको सम्बोधन गर्न काठमाडौंका जनताले साथ दिएएक दिनमै समस्याको सम्बोधन हुने दाबी समेत गरे ।
वीरगञ्जमा मारिएका भारतीय नागरिक आन्दोलनमा आबद्ध नभएको र मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा भएको उनको दाबी छ ।
मधेसको आन्दोलनलाई भारतीय सहयोगको बिल्ला भिराएर मधेसकै नेपालीको अपमान गर्ने काम सरकारले गरेको भन्दै उनले नाकाबन्दी भारतले गरेको भन्नु अन्धो राष्ट्रवाद भएको समेत बताएका छन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar