यस्ता खानेकुराले बढाउँछ यौन क्षमता
यौनजीवनलाई सुखी र खुसी राख्न महिला–पुरुष दुबैले त्यसको लागि पहल गर्न
आवश्यक छ । अझ त्यसमाथि पनि पुरुषहरुले यसको बारेमा विशेष तयारी गर्न
आवश्यक छ । आफ्नो वैवाहिक जीवन खुसी र रोमाञ्चक बनाउन कसलाई पो रहर नलाग्ला
र ? तर कतिपय अवस्थामा इरेक्टाइल डिस्फंक्सन, घट्दो कामेच्छाजस्ता
समस्याहरुले पुरुषहरुलाई ग्रस्त पारेको हुन्छ जसले उनीहरुको आत्मसम्मान र
आत्मविश्वासमा समेत ठेस पुर्याएको हुन्छ । तर यसको समाधान छ । यसको लागि
पुरुषहरुले आफ्नो खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।
डेलीमेलमा प्रकाशित एक शोधलाई मान्ने हो भने यौनशक्ति बढाउनका लागि सिफुडको
सेवन लाभकारी हुने गर्दछ । उक्त शोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस
एन्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दाबी गरेका छन् । उनका अनुसरा माछा,
सलाद, अलिभ ओइलबाट बनेको भोजन र वाइनको एक ग्लासले पुरुषहरुको यौनशक्ति
बढाउनमा सहयोग गर्दछ ।
समुन्द्री भोजनको सेवनबाट रक्त कोशिकाहरु स्वस्थ हुने गर्दछ र शरिरका तल्लो
भागमा रक्त संचार तेज हुने उनले दाबी गरेका छन् । समुन्द्री भोजनको सेवनले
यौनशक्ति मात्र बढ्ने नभई यो एक एन्टिएजिङ डाइटसमेत भएको डा एन्जेलिसले
बताएका छन् । यसको सेवनले मुटु स्वस्थ हुनुका साथै क्यान्सरको खतरा पनि कम
हुने उनले जानकारी दिएका छन् ।
यौनशक्ति बढाउनका लागि समुन्द्री भोजनको सेवन बाहेक बदाम, अनारको सेवनमा
उनले बल गरेका छन् । उनले हप्तामा एक पटक रेडमीट र वाइनको सानो ग्लासले पनि
यौनशक्ति बढाउन सहयोग गर्ने बताएका छन् । समुन्द्री भोजनको सेवनलाई
भियग्राको विकल्पको रुपमा मान्न सकिने समेत उनको भनाई छ । डा. एन्जेलिसले
आफ्नो अध्ययन भिएनामा युरोपियन असोसिएसन अफ कार्डियोभास्कुलर इमेजिंग
सम्मेलनमा पेश गरेका छन् ।

0 comments
Any Comments?