चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा
२० कात्तिक, काठमाडौं । चर्चित फुटबल खेलाडी डेविड बेकह्याम काठमाडौं आइपुगेका छन् । बीबीसीको एक डकुमेन्ट्रीको सुटिङका लागि उनी काठमाडौं आएका हुन् ।
बीबीसीले तयार पार्न लागेको सेभेन, सेभेन, सेभेन डकुमेन्ट्रीका लागि उनले आज भक्तपुरका बालबालिकासँग टोकन म्याच खेल्नेछन् ।
पपुवा न्युगिनीबाट बेकह्याम काठमाडौं आएका हुन् । काठमाडौंमा उत्रिएलगत्तै उनलाई भक्तपुर दरबार स्क्वायरमा लैजाने कार्यक्रम रहेको छ । भक्तपुर दरबार स्क्वायरको अवलोकनपछि उनी साँझ द्वारीका होटलमा फर्कनेछन् ।
Photo Source : MRR


0 comments
Any Comments?