News
»
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिरामी
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिरामी
काठमाडौं, २२ कात्तिक । सद्भावना
पार्टीका अध्यक्ष राजेन्द्र महतो अचानक बिरामी पर्नुभएको छ ।शनिबार बिरामी
पर्नुभएका अध्यक्ष महतोलाई वीरगञ्जमा उपचार गरिएको सद्भावना पार्टीका
महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।अध्यक्ष महतोलाई सुगर बढ्नुका साथै
पेट (डाइरिया)मा समस्या देखिएको महासचिव सुमनले बताउनुभयो । महतोको उच्च
रक्तचाप पनि बढेको जनाइएको छ ।‘अध्यक्ष राजेन्द्र महतो ज्यूलाई स्वास्थ्यमा
समस्या देखिएपछि शनिबार वीरगञ्जमा उपचार भएको छ’, सुमनले भन्नुभयो, ‘८४
दिनदेखि तराई मधेसको आन्दोलनमा सक्रिय भएर लाग्नुभएकाले अध्यक्ष ज्यू
बिरामी पर्नुभएको हो ।मधेस आन्दोलनमा वीरगञ्ज क्षेत्रको कमाण्डिङ सम्हालेर
बस्नु भएका अध्यक्ष महतोलाई भारतको उस्काहटमा आन्दोलन गरेको आरोप छ
।अध्यक्ष महतोले वीरगञ्जस्थित दशगजा क्षेत्रमा धर्नामा बसेर आपूर्ति
व्यवस्थामा अबरोध पुराइ रहनुभएको छ।
0 comments
Any Comments?