पत्नीले यसरी मागिन् करोडौँ रकम, कारण थाहा पाएपछि सबै चकित

लन्डन । सउदी अरबका दिवंगत शाह फहदकी गुप्त पत्नी रहेको दाबी गर्ने एक महिलाले लन्डन हाई कोर्टमा करोडौँ पाउन्डको हर्जाना जितेकी छिन् ।६८ वर्षीय जनान हर्बले लगाएको आरोप अनुसार आफ्ना पति शाहका एक छोराले बाँकी जिन्दगीका लागि देखभाल गर्ने आश्वासन दिएका थिए ।अदालतको फैसलाअनुसार डेढ करोड पाउन्ड भत्ता र चेल्सी तथा पश्चिमी लन्डनमा एक करोड पाउन्ड मूल्यको घरको हकदार बनेकी छिन् ।हर्बले फहद सउदीको राजकुमार बन्नुभन्दा अगाडि १९६८ मा गुप्त रूपमा विवाह गरेको बताएकी छिन् ।फिलिपिन्स मुलकी हर्बले शाह फहदका परिवारहरू विवाहलाई लिएर खुसी थिएनन् । किन भने उनी ईसाई धर्म समुदायकी थिइन् । तर विवाह गर्नुअघि उनले धर्म परिवर्तन गरेर इस्लाम बनेको समाचारमा जनाइएको छ ।
जनान हर्बको दाबी अनुसार शाहका छोरा प्रिन्स अब्दुल अजीजले २००५ मा उनीसँग लन्डनको होटलमा भेटघाट गरेका थिए । र आजीवन आर्थिक सहयोग गर्ने आश्वासन दिएको उल्लेख गरिएको छ ।अदालतले हर्बको दावीलाई सत्य भनेको छ । यद्यपि प्रिन्स अब्दुल अजीजले अदालतलाई सबै दाबीको खण्डन गरेका छन् । – एजेन्सी

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar