नयाँ र पुराना मोडलविच प्रतिस्पर्धा हुने

काठमाडौं । नयाँ र पुराना मोडलबीच व्यबसायिक प्रतिस्पर्धाका लागि ‘नेपाल्स टप मोडल-२०१५’ हुने भएको छ ।
पुराना र नयाँ मोडलहरु बीच खुला प्रतिस्पर्धा हुने यो प्रतियोगिता टेलिभिजन च्यानलबाट हरेक साता प्रशारण हुने आयोजक संस्था युहान इन्टरनेशलनले जनाएको छ । मंसिरको पहिलो साताबाट अडिसनसँगै प्रतिस्पर्धा सुरु गरिने आयोजक संस्थाको योजना छ ।
बलिउड अभिनेत्री हेजेल किचको बिशेष आतिथ्यमा गत महिना युहानले नेपाली मोडललाई अन्तराष्ट्रिय बृत्तमा पुर्‍याउन ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल-२०१५’ आयोजना गरेको थियो । सो प्रतियोगितामा उत्कृष्ट भएका मोडलहरु अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न मोडलिङ प्रतियोगितामा सहभागी हुँदैछन् ।
नेपाल्स टप मोडलहरुको मोडलिङ गतिबिधि सहित उनीहरुबीच हुने विभिन्न उपाधिको प्रतिस्पर्धा हरेक साता टेलीभिजनबाट प्रशारण गरिने छ ।
सो क्रममा उनीहरुलाई अभिनय, नृत्य, क्याटवाक, व्यक्तित्व विकास, फोटो सुट सहित मोडलिङका विभिन्न जानकारी दिईने भएको छ ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नेपालका चर्चित अभिनेता अभिनेत्रीहरुलाई पनि ‘सो स्टपर’को रुपमा अतिथि बनाएर उतारिने भएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar