News
»
रसुवामा बस दुर्घटनामा मृतकको संख्या २० पुग्यो
रसुवामा बस दुर्घटनामा मृतकको संख्या २० पुग्यो
१७ कात्तिक, धुन्चे ।
काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी आउँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रु
बस मंगलबार राम्चेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् ।मृतकको सनाखत नभएको रसुवाका
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अनलाइनखबरसँग भने । उनले भने,
‘भिरबाट शव निकालेर सडकमा ल्याइ जम्मा गरेका छौं । आफन्तहरु पत्ता लगाएर
बुझाउँछौं ।झण्डै चालीस यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४
ग्राङ भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट झण्डै २ सय मिटर तल
खसेको छ । बस टुक्रा-टुक्रा परेको छ ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । गम्भीर
घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौं तर्फ पठाइएको छ ।
सामान्य घाइतेहरुको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको प्रहरीले जनाएको
छ ।घटनास्थलमा डिएसपी अवदेश विष्ट नेतृत्वको टोली उद्धारमा खटिएको छ ।
0 comments
Any Comments?