भारतीय निर्वाचनमा मोदीको पार्टीको लज्जास्पद हार

एजेन्सी
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोका पार्टी भारतीय जनता पार्टीले
आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा नराम्ररी पराजित भएको छ ।स्थानीय
निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले वाराणसीको ४८ स्थानीय
पञ्चायत निर्वाचनमा जम्मा ८ स्थानमा मात्र जीत दर्ता गरेका हुन् ।मोदीको
पकड क्षेत्र मानिने बाराणसीको जयपुर गाउमा समेत भाजपाको उमेदवार पराजित
भएका छन् । त्यस्तै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको निर्वाचन क्षेत्र
लखनउमा समेत भाजपाले ४ स्थामा मात्र जितेको छ । २८ स्थानमा भएको निर्वाचनमा
उसले ४ स्थानमा जित्दै चित्त बुझाएको छ।
त्यस्तै स्थानियम निर्वाचनमा सामाजवादी पार्टीका नेताका आफ्न्तहरुले समेत
पराजय बेहोरेका छन् । कांग्रेसका नेता राहुल गान्धिको निर्वाचन क्षेत्र
अमेठीमा कांग्रेसका सवै आठ उमेदवारले हार बेहोरेका छन् ।
0 comments
Any Comments?