शाहरुखलाई सिकाए सलमानले आफ्नो फिल्मको एक ‘मुभ’

बलिउडका बादशाह शाहरुख खानले हिजो अर्थात २ नोभेम्वरमा आफ्नो ५० औँ जन्मदिन मनाए। सोमबार राती उनले एक विशेष पार्टी पनि राखे, जहाँ बलिउडका स्टारहरुको जमघट भयो। जहाँ सबैको नजर सलमान तिर थियो।पार्टीकै बखत सलमानले शाहरुखलाई आफ्नो आउन लागेको फिल्म ‘सुल्तान’ को एक ‘फाइटिङ मुभ’ नै सिकाउन पुगे। यो कुरा शाहरुखले ट्वीटरमा फोटो अपलोड गरेरै सार्वजनिक समेत गरे। शाहरुखले अर्को एक फोटो समेत अपलोड गरि सलमानको पर्खाइमै रहेको फिल्म ‘प्रेम रतन धन पायो’ को प्रमोशन पनि गरिदिए।

सलमान र शाहरुखको सम्बन्धलाई लिएर मिडियामा निकै चर्चा हुने गर्छ। कहिले यी दु्ई मिलेको खबर आउँछ त कहिले भनाभन भएको खबरले चर्चा बटुल्छ। तर सदैव यी दुई खानले आफ्नो सम्बन्ध राम्रो साथीकै रहेको दाबी गर्ने गरेका हुन्छन। सलमानले शाहरुखको जन्मदिनको १ दिन अगावै एक इन्टरभ्युको बखर सुस्वास्थ्यको कामना गरेका थिए।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar