अन्याय गरेको भन्दै मोदी सरकारलाई कब्जामा लिने आइएसको भिडियोपछि भारतमा तनाव

२९ कार्तिक, एजेन्सी ।
छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट ९आइएस०ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ ।ष्क(बिमबपग
फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब भारतमा हमला गर्ने तयारी गरेको दाबी गरेको छ ।


आइएसले भारतमा रहेका मुस्लीमलाई वर्तमान सरकारले अधिकार दिनुको साटो थप पीडा दिएको आरोप समेत लगाएको छ ।
आइएसले भारतीय प्रधानमन्त्रीको हेपाहा नीतिका कारण भारतमा रहेका मुस्लीमहरु अन्यायमा परेको भन्दै भारतको केन्द्रीय सत्तामाथि आक्रमण गर्ने धम्की दिएको हो ।
आइएसको धम्कीपुर्ण भिडियो सन्देश आएपछि दिल्लीमा खैलाबैला मच्चीएको छ । केन्द्रीय सुरक्षा निकायहरुको निरन्तर गोप्य बैठक बसिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar