ट्वीटरमा यसरी फर्काउनुहोस् ‘फेब्रेट’को बटन

 माईक्रो ब्लगिङ्ग साइट ट्वीटरले यसै हप्ता यस अघि प्रयोग हुदै आएको फेब्रेट अर्थात् ताराको आइकनलाई बदल्दै त्यसको स्थानमा नयाँ संकेत ल्याएको थियो । नयाँ प्रयोगकर्ताको सहजताको लागि भन्दै ट्वीटरले निलो ताराको स्थानमा दिलको संकेत ल्याएको थियो जसलाई लाइक भनियो । सामाजिक संजालमा पनि लाइक प्रयोग हुदै आएकाले कतिपय ट्वीटर प्रयोगकर्ताले नयाँ संकेतलाई मन पराएका थिएनन् । केहिले त ट्वीटर मै यस निर्णय प्रति असन्तुष्टि ब्यक्त गरेका थिए । तधष्ततभच तर असन्तुष्ट प्रयोगकर्ताका लागि खुसीको खबर छ । अब उनीहरुले पहिले कै अबस्थाको फेब्रेट अर्थात् ताराको आइकन प्रयोग गर्न सक्ने छन् । यसकालागी प्रयोगकर्ताले वेब स्टोरमा गई फेव फरएभर नामको एक्स्टेसनको सहारा लिनु पर्ने छ । पेजमा रहेको एड टु क्रोम बटनमा क्लिक गरे पछि एक्स्टेसन स्वस्त डाउनलोड हुन्छ । यसपछि ट्वीटर पेज पुनस् खोल्दा पहिले कै फेब्रेट अर्थात् ताराको आइकन देखिन्छ । हाललाई यो सुबिधा केवल गोगल क्रोममा मात्र उपलब्ध छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar