टेलिकमले ल्यायो नयाँ डाटा प्याकेज
कात्तिक २१। थोरै इन्टरनेट प्रयोग गर्ने प्रिपेड र सिडिएमएरपोस्टपेडम प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले नयाँ डाटा प्याकेज सुरु गर्ने भएको छ। टेलिकमले थोरै रुपैँयाको सानो डाटा प्याकेज सुरु गर्ने लागेको हो । यो प्याकेजमा अनुसार प्रयोगकर्ताले ८ रुपैयाँमा १० एमबी र ३५ रुपैयाँमा ५० एमबी डाटा पाउनेछन् । टेलिकमका अनुसार उक्त मुल्यमा कर समाबेश गरिएको छैन । १० एमबी डाटाको म्याद दुई दिन रहने र ५० एमबीको म्याद १० दिन रहने टेलिकमले जनाएको छ । जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफुले चाहेको ख्यगिmभ को बीचमा खाली क्उबअभ राखेर १४०० एसएमएस पठाउनु पर्नेछ । जस्तैः ज्ञण् ःद्य डाटा लिनुपरेमा म्ब्त्ब् ज्ञण्ःद्य टाइप गरी १४०० मा एसएमएस पठाउनु पर्छ । जिएसएम पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा भल्युम थाहा पाउन ऋद्य टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ। जिएसएम प्रिपेड र सिडिएमएरपोस्टपेडमा डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा भल्युम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । जस्तैः ४० एमबी डाटा लिनु परेमा म्ब्त्ब्द्धण्ःद्य टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । यो योजना कात्तिक २२ गते आइतबारदेखि सुरु हुने टेलिकमले जनाएको छ ।

0 comments
Any Comments?