पेरिसपछि अब भारत कब्जा गर्ने आतंकवादी संगठन आईएसको धम्की, दिल्लीमा हंगामा
यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर,
पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा
पाकिस्तान भन्दा पनि भारत परेको छ । हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा
आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा
यसले हंगामा मच्चाएको छ ।अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी
क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा
आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।
हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा
सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि
आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर
१२८ जनाको ज्यान लिएको थियो । (एजेन्सीको सहयोगमा)

0 comments
Any Comments?