यसकारण दाह्रीवाल पुरुषदेखि टाढा भाग्छन् महिला

त्यो त दाह्री पुरुषको पहिचान पनि हो । दाह्रीजुँगाकै कारण पुरुषलाई फरक देखिन्छ । तर, एक अध्ययनका अनुसार दाह्री पाल्ने पुरुषदेखि महिलाहरु टाढा भाग्ने गरेको खुलासा भएको छ। न्युजिल्याण्ड र क्यानाडामा गरिएको एउटा अध्ययनले यस्तो खुलासा गरेको हो । अध्ययनमा १९ जना पुरुषको दाह्रीसहित तस्वीर लिइयो । फेरि दाह्री नभएका पुरषको तस्वीर पनि खिचियो । यी सबै तस्वीर दुई सय जना महिलाका सामु प्रस्तुत गरियो । तब महिलाहरुले पहिलो नजरमै दाह्री नभएका पुरुष रोजे । 
  • दाह्रीजुँगा नभएका पुरुष महिलाको रोजाईमा नपर्नुमा कारणहरु भने यस्ता रहेछन्ः–

लडाकु स्वभाव
शोधका अनुुसार सामान्यतः महिलाहरुले दाह्री पाल्ने पुरुषलाई आक्रोशी र लडाकु स्वभावका ठान्ने रहेछन् । यो समस्याका विषयमा विस्तारपूर्वक उल्लेख गर्नु आवश्यक छैन । सबैलाई थाहा छ कि किसिङका क्रममा दाह्रीजुँगा पाल्ने पुरुष र उनका पार्टनरले कति समस्या झेल्ने गरेका छन् । त्यसैले विशेष पलमा आउने समस्याका कारण पनि महिलाले पुरुषको दाह्रीजुँगा मन नपराउने गरेका हुन् ।
काउकुती त्यसो त आफ्नो पुरुष साथीको दाह्रीमा हात लगाउन केही महिलाका लागि रोमान्टिक हुन सक्छ । तर, कयौ अध्ययनले भने दाह्रीजुँगाका कारण महिलालाई काउँकुति लाग्ने सावित गरेका छन् । जसका कारण उनीहरुलाई समस्या हुने गर्दछ । दाह्रीले घोचेपछि कतिपय महिलाको मुड अफ हुने गर्दछ ।
एलर्जी स्पष्ट छ जसको स्कीन हाइपर सेन्सिटिभ छ, उनीहरुलाई सामान्य दाह्रीले पनि घोच्ने गर्दछ । तत्काल छालासम्बन्धी समस्या आउन सक्छ  । त्यसैले नजिक जानु खतरापूर्ण हुने महिलाको धारणा छ।
दाह्रीविहीन पुरुष जुन युवकले दाह्रीजुँगा सफाचट बनाएको छ, त्यस्ता पुरुषका विषयमा महिलाको धारणाअनुसार उनीहरु सफाई मन पराउँछन् र हाइजीनको ख्याल राख्छन् । त्यसैले ‘रफ एण्ड टफ’ पुरुषको माग बिगत जमानाको कुरा भइसकेको छ।
दाह्रीले बुढो देखाउँछ दाह्रीजुँगारहित पुरुष युवा देखिन्छन् । तर, दाह्रीमा उनीहरु बुढो देखिन्छन् । त्यसैले पनि महिलाहरुले दाह्री मन पराउँदैनन् ।एजेन्सी

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar