अब महिलाको उमेर हुनेछैन यौन आनन्दको बाधक

रजश्वला रोकिएपछि प्रायः महिलाको लागि यौन सम्पर्क गर्नु कष्टकर बन्दछ । यसको मुख्य कारण हो यौनांग सुख्खा हुनु, यौनसम्पर्कमा रुची घट्नु र सम्भोगका बेला उच्च घश्रणले पीडा बढ्नु । 

तर पाका महिलाहरुको लागि यौनांगमा लगाउने यस्तो जेल तयार गरिएको छ जसको प्रयोगले पाको उमेरका महिलाहरुका लागि यौन सम्पर्क कष्टदायक नबनी आनन्ददायक बन्दछ र महिलाहरुले पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
४० देखि ७५ वर्ष उमेरका महिलामा गरिएको अध्ययनले उक्त पदार्थ पाको उमेरका महिलाको सहवासको उपयुक्त साथी बन्न सक्ने देखाएको छ । शोधका क्रममा टी एक्स-००४ एच आर नामको उक्त सफ्ट जेलको प्रयोगले ६३ प्रतिशत महिलामा यौनक्रिडाका क्रममा सन्तुष्टिमा वृद्धि भएको पाइयो ।
वैज्ञानिकहरुका अनुसार रजश्वला बन्द भैसकेका, सम्भोगका बेला योनीमा पीडा हुने तथा यौनांग सँग सम्बनिधत विभिन्न समस्यासँग जुधिरहेका महिलाहरुका लागि सरीरमा सेक्स हर्मोन एन्ट्रोजेनमा वृद्धि गर्ने औषधि सहितको यो जेल यौन सन्तुष्टि प्राप्त गर्न सहयोगी सावित हुने देखिएको छ ।
अमेरिकाको क्लीभल्याण्डस्थित युनिभर्सिटी हस्पिटलको केस मेडिकल सेन्टरमा कार्यरत शेरिल किंग्सबर्गका अनुसार रजश्वला रोकिएपछि अर्थात् मेनोपजपछि प्रायः महिलाहरुलाई सहवासका बेला यौनांगमा जलन हुने समस्या देखिन्छ । एस्ट्रोजेन हर्मोनको कमीका कारण अन्य उमेरका महिलामा समेत सेक्सका बेला दुखाइका साथै असहज महसुस हुने लगायतका समस्या उत्पन्न हुन्छन् ।
अमेरिकामा तयार गरिएको टीएक्स-००४एचआर नामक जेलको प्रयोगले रजश्वला रोकिइसकेका पाको उमेरका महिलाको यौन जिवनलाई पुनर्ताजगी प्रदान गर्ने उनले विश्वास गरेकी छिन् । यो सम्बन्धि अनुसन्धान प्रतिवेदन टेक्सासको अस्टिनमा आयोजना भएको इन्टरनेसनल सोसाइटी अफ उमन्स सेक्सुअल हेल्थको वाषिर्क बैठकका क्रममा प्रस्तुत गरिएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar