काठमाडौं उपत्यकामा चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने

काठमाडौं, १७ कात्तिक - नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ।भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए। ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन्। चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ।
घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ। दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो। त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar