भारतीय राजदुत रेले रुन्चे स्वरमा भने– मधेस आन्दोलनलाई समर्थन छैन, गल्ती सच्याउँछौं

काठमाडौं । मधेस आन्दोलन उचालेको आरोप लाग्दै आएपछि भारतले मधेस आन्दोलनमा आफ्नो स्वार्थ र समर्थन नरहेको प्रष्ट पारेको छ । नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाको आन्दोलनमा भारतको कुनै पनि किसिमको समर्थन र सहयोग नरहेको दावी गरेका हुन् ।नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर राजदूत रेले भारतले नेपालमा नाकाबन्दी नगरेको र आन्दोलनलाई समर्थन र सहयोग पनि नगरेको दाबी गरेका हुन् ।रेले मधेस आन्दोलनमा भारतको नाम जोडेर भारतलाई कमजोर देखाउने र नेपालीहरुका विचमा भारत विरोधी भाव जगेर्ना गर्ने काम भएको बताउँदै मधेस आन्दोलनको सुक्ष्म अध्ययन आवश्यक भएको बताएका थिए ।
नेता नेपाललाई भेट्न रे नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा रेले भारत नेपालसँग सम्बन्ध विगार्न नचाहेको उल्लेख गर्दै पछिल्लो समय नेपालमा भारत विरोधी गतिविधि बढेकोमा भने चिन्ता व्यक्त गरेका छन् ।उनले नेपालको सीमामा देखिएको अवरोध र बिहारको चुनाव सकिएलगत्तै निर्वाध रुपमा सामान आवतजावत हुने बताए । नेता नेपालले भने भारतले नेपालमाथि नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिन खोजेको हो ? भनि प्रश्न गरेका थिए ।नेता नेपालले नेपालको समस्या समाधान गर्न आफुहरु अघि बढरिहेको र भारतले अनावश्यक चासो राख्न नहुने बताएका थिए । उनले अधिकतम सहमतिकासाथ मधेसमा देखिएको समस्या केही दिन भित्रै हल हुने बताएका थिए ।
नेता नेपालले आम जनताको कष्टकर जीवन अन्त्य गर्नकालागि भारत सरकारलाई आग्रह गर्न राजदुत रेलाई भनेका थिए । नेता नेपालले भारतकै कारण नेपालमा भारत बीरोधी आवाज सुनिन थालेकाले यसमा पनि भारतले ध्यान दिनुपर्ने बताएका थिए ।नेता नेपालले निकै कडा शब्दमा रेको भनाइको प्रतिवाद गरेपछि रेले आफुहरुको गल्ती भए सच्याउन तयउार रहेको बताएको कोटेश्वर स्रोतले बतायो ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar