भारतीय मिडियामा केपी ओलीले नरेन्द्र मोदीलाई थर्काएको समाचारले सन्सनी मचायो
१९ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री निर्वाचनमा तयारी नगरी
उम्मेदवार बनेको भन्दै कांग्रेस सभापति सुशील कोइराला आफ्नैबाट आलोचित भएका
छन्।तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा कोइरालाका निकट सहयोगीले नै
प्रधानमन्त्रीमा उम्मेदवार बनेर राष्ट्रका प्रमुख पद गुमाएको भन्दै आलोचना
गरेका हुन्।उनीहरूले एमालेसँग भएको १६ बुँदे सहमतिको जानकारी केन्द्रीय
समिति र संसदीय दलमा नगराउनु, आफै उम्मेदवार हुने वा नहुने विषयमा जानकारी
नदिनुलगायतका विषयमा गम्भीर असहमति राखेका छन ।कोइरालाको नेतृत्व क्षमतामा
प्रश्न उठाउँदै उनी निकट रहेका केन्द्रीय सदस्य सूर्यमान गुरुङ, श्याम
घिमिरे, बलबहादुर केसी, रामकुमार चौधरीलगायतकाले विरोध गरेका छन्।कोइराला
सरकारमा सहभागी नरहरि आचार्य, रामशरण महत र महेश आचार्यले समेत हार्ने
प्रधानमन्त्रीको चुनावमा लड्ने सभापतिको निर्णय गलत भएको भन्दै विरोध गरेका
थिए।
‘प्रधानमन्त्री भएको व्यक्तिले हार्ने चुनाव लड्ने हिम्मत कसरी गर्नुभयो’,
केन्द्रीय सदस्य चौधरीले प्रश्न गरे, ‘यो सभापतिको गम्भीर गल्ती हो।’बैठकमा
बोल्ने अधिकांश सदस्यले सभापतिको पछिल्लो निर्णयले पार्टीलाई गम्भीर हानि
पुर्याएको भन्दै आलोचना गरेका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments
Any Comments?