सलमानको फिल्म २ करोडमा किनियो, के असर गर्ला राष्ट्रियताको मुद्दाले ?

नेपालमा विगत १ महिनादेखि भारतले अघोषित नाकाबन्दी लगाइरहेको छ । नेपालमा पेट्रोल, ग्यास, खानेकुराको चर्को अभाव छ । दसैं जस्तो महान् पर्वमा पनि भारतको नाकाबन्दी कायमै रह्यो ।नाकाबन्दीको प्रभावले नेपालमा राष्ट्रियताको मुद्दा सशक्त बनेको टिप्पणी गर्न थालिएको छ । नेपालीहरु स्वाभलम्बी बन्नुपर्छ भन्ने भनाई सामाजिक संजालमा खुबै देखिएको छ । यस्तो अवस्थामा, गोपिकृष्ण मुभिजले एक भारतीय चलचित्रलाई महंगो रकम तिरेर नेपाल भित्राएको छ ।
नोभेम्बर १२ अर्थात कात्तिक २७ गतेबाट विश्वभर चल्न लागेको बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’लाई गोपिकृष्णले १ करोड ३० लाख भारतीय रकम तिरेर नेपाल भित्राएको छ । यो अहिलेसम्मकै सर्वाधिक चर्को मुल्यमा किनिएको बलिउड चलचित्र हो । नेपाली रुपैयाँ २ करोड भन्दा धेरै रकममा किनिएको यो चलचित्रको लगानी उठाउन मात्र ४ करोड हारहारीको व्यापार जरुरी छ ।राजश्री प्रोडक्शनले लामो समयपछि चलचित्र निर्माण गरेकाले पनि दर्शकमा अपेक्षा रहेको गोपिकृष्णको भनाई छ । अर्कोतिर, यो चलचित्र किन्नका लागि नेपालका ७ वटा कम्पनी लालयित थिए । फक्सले वितरण गरेको यो चलचित्रको नेपाल मुल्य १ करोड ५० लाख भारतीय रुपैयाँ राखिएको थियो ।
गोपिकृष्णका म्यानेजर प्रदिप दाहालले भने-‘चलचित्रले राम्रो कमाई गरेको खण्डमा १ करोड ५० लाख नै तिर्ने सहमतीमा चलचित्र ल्याइएको हो ।’ नेपालका बलिउडका खानहरुको चलचित्र किन्नका लागि धेरै कम्पनीको प्रतिस्पर्धा हुने गरेको छ ।तराइमा हल ठप्प रहनु, नेपालमा राष्ट्रियताको मुद्दा जोडतोडका साथ उठ्नु, भारतीय नाकाबन्दीको चर्को प्रभावले नेपाली जनता आक्रान्त हुनुजस्तो कुराले पनि बलिउड चलचित्रको नेपाल व्यापारमा असर पर्ने आँकलन गरिएको छ । कात्तिक २५ गतेबाट नायक निखिल उप्रेतीको एक्सनप्रधान चलचित्र ‘लुटेरा’ पनि हलमा लाग्दैछ ।
नेपालीहरुमा नेपाली बस्तु नै प्रयोग गर्नुपर्छ भन्ने भावना जागृत्त भैरहेको छ । यस्तो समयमा बलिउड चलचित्रको व्यापारलाई केहीले राष्ट्रियताको बिषयसँग पनि जोडेर हेर्ने गरेका छन् । हेरौ, भारतको नाकाबन्दीका कारण दु:ख पाएका नेपालीहरुले बलिउडका ठूला चलचित्रलाई कसरी लिने हुन् ? सलमान खानका नेपाली फ्यान धेरै छन् ।तर, यो दु:खमा पनि बलिउडका कुनै कलाकारले केही पनि भनाई सार्वजनिक गरेका छैनन् । यस्तो अवस्थामा के यसको प्रत्यक्ष असर चलचित्रलाई पर्ला, नोभेम्बर १२ सम्म प्रतिक्षा गर्नैपर्छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar