फ्रान्समा तथा अन्य युरोपेली मुलुकमा आइएसले अर्को भीषण आक्रमणको योजना बनाएको खुलासा

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री म्यानुएल भल्जले फ्रान्स तथा युरोपेली अन्य मुलुकमा थप आतङ्ककारी हमला हुनसक्ने सम्भावना रहेको बताएका छन् ।आतङ्ककारीबाट आगामी केही दिनभित्र वा हप्तामा आतंकवादी हमला हुनसक्ने बताउँदै प्रधानमन्त्री भल्जले भने “आतङ्कवादीले गएको हप्ता बर्बरतापूर्वक आक्रमण गरेका छन् र आगामी केही दिन वा हप्ताभित्र फेरी आक्रमण गर्नसक्ने सम्भावना छ । मैले यो कसैलाई तर्साउन भनेको होइन। तर सबै आ–आफ्नो ठाउँमा सतर्क रहनु पर्छ ।स्थानीय रेडियो आरटीएलसँग कुराकानी गर्दै भल्जले भने, “हामीलाई थाहा हुन आएअनुसार थप आक्रमणको तयारी भइरहेको छ ।

आक्रमण फ्रान्सलाई मात्रै लक्षित गरी नभई अन्य युरोपेली राष्ट्रहरूलाई समेत निशाना बनाइने तयारी आतङ्कवादीहरूले बनाएको सूचना हामीले प्राप्त गरेका छौँ । आगामी केही दिन सबैले होसियारी अपनाउनुपर्ने हुन्छ ।पेरिस आक्रमणको घटनालाई लिएर फ्रान्स सरकारले रातभर शङ्कास्पद इस्लामिक लडाकूका बासस्थानमा खानतलासी गरेको र यस सिलसिलामा विभिन्न २३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
खानतलासीका क्रममा इस्लामिक लडाकूका थप आक्रमणका योजना सम्बन्धमा समेत सूचना प्राप्त भएको उहाँले कुराकानीमा बताउनुभएको छ ।सरकारी सुरक्षाकर्मीले खानतलासीपछि १०४ जनालाई घरभित्रै नजरबन्दमा राखी अनुसन्धानलाई जारी राखेकोसमेत फ्रान्सेली प्रधानमन्त्री भल्जले बताउनुभयो । प्रहरीले पक्राउ परेका लडाकूबाट केही सानो दुरी हान्नसक्ने क्षेप्यास्त्रसहित विभिन्न खालका ३१ वटा हतियार फेला पारेको सरकारको दाबी छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar