दालभात खाएभन्दा फरक छैन् सेक्स: नायीका बिनिता

टेलिश्रृखंला, विज्ञापन, म्युजिक भीडियोहुँदै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायीका बिनिता घिमिरे अहिलेकी व्यस्त नायीका हुन् । रूने, कराउने र अंग प्रदर्शन गर्ने भन्दा पनि एक्सन भूमिकामा आफूलाई प्रस्तुत गर्ने नायीका घिमिरेको चाहना रहेको छ । उनलाई निखीलले जस्तै फाइट हान्ने र जोखिमपूर्ण सिनहरू दिने रहर छ । आगामी बैशाख २० गतेबाट निर्देशक डब्बु क्षेत्रीको निर्देशनमा तयार हुन लागेको एक चलचित्रमा अभिनय गर्न लागेकी उनले चलचित्रका लागी थुप्रै अफरहरू आएपनि आफूले छानेर राम्रो चलचित्रमा मात्र अभिनय गर्ने गरेको बताएकी छिन् । 
आफूलाई सबैखाले चलचित्रबाट अफर आउने बताउँदै आफूले चलचित्रमा जोखीमपूर्ण भूमिकामा खेल्न रूचाउने बताइन् । एक दैनिक पत्रिकासँगको अन्तवार्तामा उनले बिहे गर्ने बेला अहिले नभएको भन्दै आफ्नो प्रेमचक्कर समेत नचलेको बताइन् । राम्रो समझदार, उनलाई विश्वास गर्ने, माया गर्ने खालको केटा भेटे प्रेम तथा विबाह गर्न तयार रहेपनि पहिले आफूले करिअर बनाउने बताइन् । जीवनलाई भगवान् दिएको सुनौलो उपहार बताउने उनले यसलाई हाँसीखुसी बिताउनुपर्ने बताइन् । उनले सेक्सलाई भने दालभातसँग तुलना गरेकी छिन् । मानिसलाई बाच्नका लागि जसरी दालभातको आवश्यकता पर्छ त्यस्तै सेक्सको पनि आवश्यकता पर्ने उनले बताएकी छिन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar