शुक्रबारदेखि नेपाली नागरिकता परित्याग गर्ने मधेसी नेताको धम्की (विज्ञप्तिसहित)

भैरहवा, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी माेर्चाकाे अान्दाेलनलाई बेवास्ता गर्दै नयाँ संविधान भारित भएपछि उनीहरु झन अाक्राेसित भएका छन् । प्रदेसकाे सीमाकंन र नामाकंनको बिरोधमा बिगत ३६ दिनदेखि माेर्चाले आन्दोलनमा जारि राखेकाे छ । मोर्चाका नेताहरुले अबको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन् । उनीहरुले भन्सार हुँदै कुनै पनि भारतीय सवारी नेपाल भित्रिए अाफूहरुले जलाइदिने बताए । विहीबार भैरहवामा माेर्चाले पत्रकार सम्मेलन गरेर साे कुरा बताएकाे हाे । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक महेन्द्र यादवले शुक्रबारदेखि नेपालीसहित भारतीय सवारीसाधन सामान लिएर नेपाल आए जलाइदिने चेतावनी दिए । भदौ २९ गते प्रहरीले बेथरीमा ४ जना सर्वसाधारणको हत्या गरेको बताउदै यादवले रुपन्देहीमा प्रहरीले व्यापक धरपकड गरेकाले आफूहरु अब चुप लागेर नबस्ने बताए ।कर्फ्युको आडमा बेथरीमा खटिएका प्रहरी सर्वसाधारणको घरमा गई महिला तथा चेलीहरुलाई प्रहरीले पाईन्टका जिप खोली जिस्काउने गरेको समेत उनले आरोप लगाए ।राज्यले अहिले मधेशीहरुलाई नेपालीको ब्यवहार नदेखाएको भन्दै भोलीदेखी जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता परित्याग गर्ने कार्यक्रम पनि रहेको मोर्चाको निर्णय भएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले) बताए । पत्रकार सम्मेलनमा तराई मधेश सदभावना पार्टीको उमा शंकर यादव, नेपाल सदभावना पार्टीका हरिश्चन्द्र सिंह, नेता सन्तोष पाण्डे लगायतको उपस्थिति रहेको थियो । सर्वोच्च अदालतको गोली नचलाउने अन्तरिम आदेश हुँदाहुहँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले निर्दोषहरुको हत्या गरेको बताउदै मोर्चाले रुपन्देहीका सिडिओ तथा प्रहरी प्रमुखहरुलाई कार्यवाहीको समेत माग गरेको छ । पत्रकार सम्मेलनकै क्रममा वितरित मोर्चाको प्रेस बिज्ञप्तीमा घटनामा संलग्न दोषीहरुको पहिचान गरि कडा कानूनी कार्यवाहीको माग गरिएको छ । संयुक्त थरुहट संघर्ष समितिका रुपन्देही संयोजक शतीश चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, संघिय मधेशी मोर्चाका रुपन्देहीका संयोजक देवेन्द्र पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका बिज्ञप्तीमा प्रहरीले उद्योगको लागी सवारीहरुको स्कर्टिङ्ग नगर्ने लिखित सम्झौता भएको पनि दावी गरिएको छ । मृतकहरुलाई शदि घोषणा, आश्रित परिवारलाई राज्यले शिक्षा र रोजगारीको को माग गर्दै घाइतेहरुलाई निशुल्क उपचारको ब्यावस्था गर्न मोर्चाले बिज्ञप्ती मार्फत माग गरेको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar