भारतीयको धम्कीपछि मोर्चाका नेता वीरगन्ज नाकाबाट गायब

सोमबार नेपाली सुरक्षाकर्मीसँगको झडपमा आफ्ना देशका नागरिक मारिएको शोकमा आक्रोशित भारतीय नागरिकहरुले मंगलबार बेलुका कुटपिट गर्दै धम्की दिएपछि मधेसी मोर्चाका अधिकांश नेताले वीरगञ्जस्थित मितेरी पुलको धर्नास्थल छाडेका छन् । रक्सौलका २५ वर्षीय युवा आशीषकुमार राम मारिनुमा मोर्चाकै नेता कार्यकर्ता दोषी रहेको जनाउँदै रक्सौल निवासी भारतीय नागरिकहरुले केही नेतालाई कुटपिट तथा दुर्व्यवहार गरेपछि  मोर्चाका अधिकांश नेताहरु मंगलबार साँझदेखि मितेरी पुलको धर्नास्थल छाडेर हिँडेका हुन् । धर्नास्थल मितेरी पुलमा मंगलबार बेलुकीदेखि मधेसी दलका केन्द्रीयतहका कोही पनि नेता छैनन् । 
धर्नास्थल मितेरी पुलमा अहिले मोर्चाका जिल्लास्तरका नेता कार्यकर्ता मात्रै धर्नामा बसेका छन् । ‘दिउँसो एक दुईजना केन्द्रीय नेता धर्नामा बसेका थिए, तर भारतीयहरुले धम्क्याएपछि उनीहरु यहाँबाट एकाएक गायब भए’, धर्नामा बसेका मधेसी दलका एक युवा नेताले मंगलबार बेलुकी अन्नपूर्ण पोस्ट्लाई भने । सद्भावना पार्टीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य शिव पटेलले मितेरी पुलको स्थिति असहज भएकाले त्यहाँबाट हटेको बताए । 
‘धर्नास्थल मितेरी पुलको स्थिति असहज जस्तो भयो’, मंगलबार बेलुकी घर फर्किएका सद्भावना पार्टीका केन्द्रीय सदस्य पटेलले भने, ‘त्यसैले रातिको समयमा बस्न उचित लागेन ।’ यस्तै संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य मदन यादवले भने धर्नामा फोरम नेपालका मात्र ५०-६० कार्यकर्ताहरु बसेको बताए । फोरम नेपाल बाहेक अरु सबै दलका नेता कायकर्ता धर्नास्थल छाडेर हिँडेको उनले बताए । ‘उनीहरु किन हिँडे हामीलाई पनि थाहा छैन’, उनले भने, ‘अरु दलका नेता कार्यकर्ताहरु धर्ना छाडेर हिँडेपनि फोरम नेपालले नाकाबन्दीलाई जारी नै राख्ने छ ।’ भारतीयहरुले सोमबार साँझ पनि मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुमाथि आक्रमण गरेका थिए । समोबार साँझ ५ बजे तिर लठ्ठी र भाटा बोकेर रक्सौलबाट आएका भारतीयहरुले धर्नामा बसेका सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय निजामुदिन समानी र देवेन्द्र मिश्रमाथि हातपात गरेका थिए ।
 हातपात हुन थालेपछि नेता मिश्र भागेर नेपाल प्रहरीको शरण लिएका थिए । आक्रोशित भारतीयहरुले सामेबार साँझ मितेरी पुलमा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुका करिब १० वटा मोटरसाइकलमा तोडफोड गरिदिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar