मधेसी मोर्चाले ‘नाकाबन्दी’को रहस्य बल्ल खोल्यो, नाकाबन्दी खोल्न भारतसँगै कुरा गर्नुस्

काठमाडौं, २९ कात्तिक । शनिबार मधेसी मोर्चाका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लस्कर लागेर पुगे । त्यहाँ लामो वार्ता पनि भयो । वार्ताका क्रममा कांग्रेस र मधेसी मोर्चाका नेताहरू मज्जाले घोँचपेच पनि भए ।कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक मधेसी मोर्चाका माग र आन्दोलनका विषयमा मोर्चासँग पहिलो पटक औपचारिक वार्ता गरेको हो ।वार्ताका क्रममा सवाल जवाफ हुनु स्वभाविक थियो । बैठक चलिरहेका बेला कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँग नाकाबन्दी फिर्ता लिएर जनतालाई दुःख नदिने आग्रह गर्नुभयो ।
देउवाको आग्रह सक्किन नपाउँदै मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठट्यौली शैलीमा भन्नुभयो, ‘नाकाबन्दी हामीले कहाँ गरेका छौँ र ? कुन नाकामा अवरोध गरेका छौँ । भारतसँगै कुरा गर्नुस् नाकाबन्दी खोल्ने विषयमा । हामीसँग त्यो कुरा नगरौँ।’ यादवले नाकाबन्दी आफूहरूले भन्दा पनि भारतीय पक्षले गरेको भनाइ थियो ।उपेन्द्र यादवको यस्तो जवाफ आएपछि एकछिन कांग्रेस नेताहरूले मुखामुख गरे । उनीहरूले फेरि मधेसी मोर्चासँग भने आन्दोलनले जनतालाई धेरै दुःख दिएको भन्दै मागलाई राजनीतिक रुपमा सदन र सडकबाट शान्तिपूर्ण रुपमा दबाव दिँदा त्यो बढी फाइदा हुने बताएका थिए।
अध्यक्ष यादवले सरकारले कुटनीतिक पहलबाट नाकाबन्दी खोल्न कमल थापालाई भारत पठाएको प्रशङ्ग कोट्याउँदै व्याङ्ग्यसमेत गर्नुभएको थियो ।तर मधेसी मोर्चाका नेताहरूले आफूहरू सिमाङ्कनको विषयमा अडिग रहेको भन्दै सो विषयमा स्पष्ट हुन कांग्रेसलाई आग्रह गरेका थिए ।कांग्रेसले सिमाङ्कनको विषय जटिल रहेकाले यसलाई अहिल्यै नै समाधान गर्न नसकिने र राजनीतिक सहमति आवश्यक पर्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar