पुरानो बसपार्कमा २१ तले भ्यु टावर, आज उपराष्ट्रपतिले शिलान्यास गर्दै
३० वर्षपछि भने टावर स्वत: महानगरपालिकाको स्वामित्वमा आउने महानगरपालिकाका
कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार टावर तीन
वर्षभित्र निर्माण भइसक्नेछ ।काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत
तामाङका अनुसार पब्लिक प्राइभेट पार्टनसिप (पिपिपी) प्रणालीअन्तर्गत
निर्माण हुन लागेको यो मुलुककै ठूलो परियोजना हो । ‘पब्लिक प्राइभेट
पार्टनरसिपअन्तर्गत बन्ने यो मुलुककै ठूलो परियोजना हो । यो तीन वर्षभित्र
बन्नेछ ।
टावरको लागत रकम तीन अर्ब रुपैयाँ तोकिएको छ । सबै रकम निजी कम्पनीेले नै
लगानी गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्नेछ ।
त्यसपछि भने महानगरपालिकाको स्वामित्वमा आउनेछ,’ कार्यकारी अधिकृत तामाङले
भने ।

0 comments
Any Comments?