तराई मधेसको सीमाङ्कन अवैज्ञानिक र मधेसीको भावना विपरित : सत्यनारायण मण्डल
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै
मण्डलले तराई मधेसमा गरिएको अवैज्ञानिक र अव्यावहारिक सीमाङ्कन टिकाउ नहुने
दाबी गर्नुभयो । उहाँले सबै क्षेत्रलाई मिलाएर सीमाङ्कन गर्नुपर्ने उल्लेख
गर्नुभएको छ ।यसैबीच खेलकुदमन्त्री मण्डलले एन्फाद्वारा निलम्बनमा परेका
गणेश थापालाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले फुटबल खेललाई
लिएर मुलुकको नाम बदनाम गर्ने थापालाई कानुनमा रहेको व्यवस्था बुझेर
कारबाही गर्ने बताउनुभयो ।‘यो विषय नेपालको प्रतिष्ठासँग जोडिएको छ’,
उहाँले भन्नुभयो, ‘यसले मुलुकको प्रतिष्ठा र फुटबललाई निकै तल पुराएको छ ।
यो घटनाले नेपाल र नेपालीको मानमर्दन गरेको छ ।’

0 comments
Any Comments?