भारतको एउटै जिल्लाका २० हजार जनासँग नेपाली नागरिकता !

काठमाडौं, मंसिर १ । भारतसँगको सीमावर्ती जिल्लाहरुमा दोहोरो नागरिकताधारीको संख्या उल्लेख्य रहेको तथ्य भारतीय पक्षबाटै प्रकाशमा ल्याइएको छ ।भारतीय अखबार ‘नवभारत टाइम्स’ ले मंगलबार जनाएअनुसार भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा मात्र लगभग २० हजारजनाले दोहोरो नागरिकता लिएका छन् । उनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको सो पत्रिकाले दाबी गरेको छ।
पत्रिकामा भनिएको छ, ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।
उनीहरुले निर्वाचनका समय दुबै देशमा मताधिकार प्रयोग गर्दै आएको पनि सो पत्रिकाले जनाएको छ ।उक्त पत्रिकाले आगामी डिसेम्बरमा हुन लागेको स्थानीय निर्वाचनलाई आधार बनाएर प्रकाशित गरेको समाचारमा दोहोरो नागरिकता लिनेहरु एउटा समस्याका रुपमा देखिएको जनाएको छ ।नेपालको नागरिकता लिइसकेका भारतीयलाई भारतमा मताधिकारबाट वञ्चित गरिनुपर्ने सन्देश उक्त समाचारमा दिन खोजिएको छ ।
मधेस आन्दोलनका क्रममा अंगीकृत नागरिकताधारीका लागि समान अधिकारको माग उठिरहेको सन्दर्भमा भारतीय अखबारले नै दोहोरो नागरिकताधारीको समस्यालाई उजागर गरेको परिस्थिती आफैंमा विचारणीय र गम्भीर छ । सीमावर्ती क्षेत्रको एउटा भारतीय जिल्लामा मात्र २० हजारभन्दा बढीसँग नेपालको नागरिकता छ भने पूर्व मेचीदेखि महाकालीसम्मका सीमावर्ती भारतीय जिल्लाहरुमा नेपाली नागरिकताधारीको संख्या कति होला ? अनुमान गर्न कठिन छैन ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar