विप्लव माओवादीले गर्‍यो भारतीय नाकाबन्दी विरुद्ध ससक्त आन्दोलको घोषणा

१७ कात्तिक, काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी विरुद्ध ससक्त आन्दोलन गर्ने भएको छ ।तिहारपछि भारतीय नाकाबन्दी विरुद्ध कडा आन्दोलन गर्ने जानकारी विप्लव माओवादीले एक विज्ञप्तिमार्फत दिएको छ ।भारतले नाकाबन्दी गरेर नेपालको स्वाधिनतामाथि नै खलल पुर्‍याउने काम गरेको भन्दै विप्लव माओवादीले मधेश आन्दोलनमा भारतीय नागरिक मारिएपछि भारतको नियत छर्लङ्ग भएको समेत भनेको छ ।
नेपालका प्रधानमन्त्रीले भारतलाई दिए कडा चेतावनी- भारतीय मिडिया
नाकाबन्दीको विरुद्धमा मात्र नभएर त्यसको मौका पारेर गरिएको कालाबजारी विरुद्ध समेत कडा ढंगले प्रस्तुत हुने विप्लव माओवादीले जनाएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar