News
»
गृहमन्त्रीलाई गोली हान्ने को ?
गृहमन्त्रीलाई गोली हान्ने को ?

काठमाडौं
– पार्टीमा जुनियर भए पनि प्रचण्डको विश्वासपात्र भएकै कारण एमाओवादी नेता
शक्ति बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाए । पार्टीका सिनियर नेतालाई
पछि पारेर गृहमन्त्री भएका बस्नेतले आफ्नो हाइट त बढाएका छन् तर त्यो हाइट
कायम राख्न सक्छन् सक्दैनन् भन्ने चाहिँ उनको काममा भर पर्नेछ ।गत शुक्रबार
प्रहरी मूख्यालय पुगेका बस्नेतले प्रहरी तटस्थ भएर काम गर्नुपर्ने र आफूले
कुनै हस्तक्षेप नगर्ने बताए । तर, प्रहरी अधिकारीले भने उनको व्यवहार
कस्तो हुन्छ पर्ख र हेरको स्थितिमा छन् ।
प्रहरीले तटस्थ भएर काम गर्नुपर्ने बताए पनि एमाओवादी पार्टीभित्रकै दबाबका
कारण गृहमन्त्री बस्नेत स्वयम्लाई गोली हान्ने भने अहिलेसम्म पक्राउ परेका
छैनन् । ०६५ साल माघको तेस्रो साता कोटेश्वरमा उनसिमाथि गोली प्रहार भएको
थियो । उनको तिघ्रामा गोली लागेको थियो । त्यतिबेला उनी प्रधानमन्त्री
रहेका एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिवको रुपमा कार्यरत थिए । आजको
दृष्टि साप्ताहिकमा खबर छ ।
0 comments
Any Comments?