गर्भवती हुनु जीवनकै दुःखद अनुभवः किम कार्डियासन
किपिङ अप वीथ कार्डिसियन नाम दिइएको एउटा सनसनीपूर्ण दृश्यमा किमले आफ्नी
आमा क्रिस जिनर र बहिनी कउटेनीलाई आफ्नो स्वास्थ खतराप्रति बताएको देखाइएको
छ ।नियमित अल्ट्रासाउन्डपछि किमले आफ्ना परिवारलाई यसो भनेकी छिन्, ‘मेरो
प्रजनन संरचनामा चिकित्सकहरुले बढी चलायमान भएको पाएका छन्, जसको अर्थ मलाई
डायबिटिज भएको छ ।’ उनले भनिन् , ‘मेरो स्वास्थ्यमा फेरी समस्या देखिएको छ
।’
ठूलो पीडा भएसँगै किमले आफ्नो गर्भावस्थालाई सबैभन्दा खराब अनुभवको संज्ञा दिएकी छिन् ।
आफ्नो वेबसाइटमा उनले लेखेकी छिन, ‘गर्भवती हुनु मेरो जीवनकै सवैभन्दा खराब
अनुभव हो । गर्भवती अवस्थालाई एक मिनेटपनि मैले रमाइलो मानिन । अन्य
महिलाहरु गर्भवती हुँदा खुसी हुन्छन् भन्दा मलाई अचम्म लागेको छ । अहिले
मलाई लाग्छ यो छाला मेरो आफ्नो होइन,’ उनी भन्छिन् ।‘गर्भवती हुँदा
महिलाहरुले आफ्नो सम्पूर्ण व्यथा भन्दैनन् । गर्भवती भएपछि सामान्यतया
डायपर लगाउनपर्दो रहेछ । उफ मलाई कसैले भनेन ।’ उनले अगाडि भनिन् ।

0 comments
Any Comments?