वीरगन्जमा आन्दोलनको नाममा चन्दा
चन्दा नदिने भए विद्यालय खोल्न नपाइने भन्दै उनीहरूले बन्द गर्न आदेश दिए।
वीरगन्जका विद्यालय ३ महिनादेखि बन्द छन्। लामो समयदेखि शैक्षिक संस्था
ठप्प हुँदा विद्यार्थीको पढ्ने बानी नै हराएको अभिभावकले गुनासो गर्न
थालेका छन्। विद्यालय जान नपाएपछि विद्यार्थी सडकमा इन्धन बिक्री गरिरहेको,
प्रहरी र आन्दोलनकारीको दोहोरो झडपमा ढुंगा हिर्काउने काममा समेत संलग्न
हुन थालेका छन्।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योग बन्द भए पनि
सञ्चालनमा रहेका केही उद्योगले प्रि–पेड चन्दा दिन बाध्य बनेका छन्। ‘एक
दिनको प्रतिप्लान्ट १० हजार रुपैयाँ अग्रीम दिनुपर्छ,’ नाम उल्लेख नगर्ने
शर्तमा एक उद्योगीले भने, ‘सहयोग नगरेको कुनै उद्योग छैन, चन्दा नदिने
उद्योगमा नेताले कार्यकर्ता पठाएर ढुंगा र पेट्रोल बम प्रहार गर्न
लगाउँछन्।’ उद्योगीलाई फोनमा धम्कीसमेत दिने गरेका छन्। आजको कान्तिपुरमा
खबर छ ।

0 comments
Any Comments?