बलिउड अभिनेत्री न्युड सिन दिन तयार

काठमाडौँ, कात्तिक २२ । बलिउड अभिनेत्री पाउली दाम बोल्ड सिन दिन कत्ति पनि हच्किन्नन् । उनले कतिसम्म हट सिन दिन सक्छिन् भन्ने कुरा उनको फिल्म ‘हेट स्टोरी’मा स्पष्ट देखिएको छ ।

यति मात्रै होइन, उनी अभिनीत अर्काे फिल्म छ, ‘यारा सिलिसिली’ । त्यो फिल्मको एउटा गीतमा निर्देशक सुभाष सहगलले पाउलीको नग्न सिन राख्ने चाहना व्यक्त गरे ।

पाउलीले आफू नग्न सिन दिन तयार भएको बताइन् । उनले कोरियोग्राफर पुरुष भए पनि, युनिटमा पुरुषहरूको बाहुल्यता भए पनि नग्न हुन आफूलाई कुनै आपत्ति नभएको बताइन् । निर्देशक चकित परे ।

फिल्ममा नग्न दृश्य राख्नु अलि बढी नै हुने ठानेर निर्देशकले त्यो विचार त्यागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar