पहुँचवालाहरु मेरो विरुद्ध लागे: सुजैन खान

बलीउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले मिडियासँग सम्बन्धित केही पहुँचवालाहरु आफूविरुद्ध लागेको भन्दै आक्रोश पोखेकी छिन् ।

मिडियामा प्रभाव र पहुँच हुने केही व्यक्तिहरु आफूविरुद्ध लागिरहेको भन्दै अभिव्यक्ति दिएकी छिन् । अर्जुन रामपालसँग उनको सम्बन्धको विषयमा बारम्बार प्रसंग उठिरहेको प्रसंगलाई लक्षित गर्दै सुजेनले यस्तो अभिव्यक्ति दिएकी हुन् । तर, अर्जुनसँगको सम्बन्धबारे मिडियामा आएका समाचार सत्य नभएको समेत उनले बताएकी छिन् ।

उनले भनिन्, ‘केही प्रभावशाली गसिप सिकारीहरुले मेरो बारेमा निरन्तर अनावस्यक हल्ला र अतिरन्जित गरिरहेका छन् ।’ प्रेसले यस्ता गलत समाचार छाप्नु गैरजिम्मेवारी भएको असन्तुष्टि पोखेकी छिन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar